-->
दयपुर/त्रियुगा नगरपालीका- १ निबासी तिर्थमाया मगरको दुबै मृगौला फेल भएका कारण दुवै मृगौला फेर्नुपर्ने भएकोले आर्थीक अबस्था कमजोर भएको कारण उनको परिवारले सबैसंग आर्थिक सहयोगको याचना
Advertisement

-इश्वर बलम्पाकी मगर
साउन २७, उदयपुर/त्रियुगा नगरपालीका १ निबासी तिर्थमाया मगर एक बर्ष अगाडिदेखी मृगौला पिडित छन् । दुबै मृगौला फेल भएका मगर बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठन धरानमा उपचारको क्रममा छिन् । मगरको मृगौला फेर्नुपर्ने भएकोले आर्थीक अबस्था कमजोरका कारण उनको परिवारले सबैसंग आर्थिक सहयोगको माग गर्दै हिडेका छन् ।उपचार क्रममा डक्टरले उनको मृगौला फेर्नुपर्ने बताएपछि सहयोग माग्नुको बिकल्प केही नहुदा उनको परिवार सहयोगी हातहरुको खोजीमा रहेको पिडितकी बहिनी लिला मगर बताउँछिन् एक छोरा छोरीकी आमा तिर्थमाया एक बर्षदेखी मृगौला फेल भएर ओछ्यानमै छिन् । उनलाई रोगले च्यापेपछी बैदेसीक रोजगार मलेसियामा रहेको छोराले खर्च पठाई उपचार गराउदा समेत आमाको स्वास्थ्यमा सुधार गराउन नसकेको र हाल मृगौला नै फेर्नु पर्ने भएको परिवार बताउँछन् ।मगरको नाममा फेसबुकमा समेत तिर्थमाया बचाउ अभियान पेज बनाइ सहयोगको याचना गरीएको छ । उक्त पेजमार्फत साउनेका यातायात मजदुर सन्जीब मगरले फेसबुकमा सहयोगको याचना गरीएको पढेपछी नगद रु दश हजार सहयोग समेत आएको बताए ।सम्पुर्णमा जती सकिन्छ सहयोग गरीदिन मगर परिवाले अुनरोद गर्दै हाल आर्थीक संकलन अभियान थालेका छन् । यस्तै छोरी मुनाको नाममा सहयोग संकलनको लागी बुधबार गाइघाट स्थित ग्लोबल बैक शाखा कार्यलयमा खाता खोलीएको बताए । यदी कोही सहयोगी हातहरुले सहयोग गर्न चाहानुभएमा ग्लोबल बैक साखा कार्यलय उदयपुरमा छोरी मुना मगरको नाममा रहेको खाता न. २२०७०१०००८७८६ मा रकम जम्मा गरी अथवा मोबाइन नम्बर ९८६२९३६३९५ मा सम्पर्क गरेर सहयोग गर्न सकिने छोरी मगरले आग्रह गरिन् ।
तिर्थमाया उपचारको क्रममा अस्पतालमा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.