काभ्रेको बस दुर्घटना तर्फ अखिल नेतृ , नबिनाले सुनाइन दुखद घट्ना
Advertisement
![]() |
काभ्रे,३१ साउन । अखिल अध्यक्ष नविना लामा बस दुर्घटना स्थल तर्फ लागेकी छन् । उक्त दुर्घटनामा आफ्ना आफन्त परेको उनको भनाइ छ । दुर्घटनामा परी अनेरास्वयूका सचिवालय सदस्य यशु लामा अचेत अवस्था रहेको लामाले बताइन् । ‘भनी मेरा धेरै आफन्तहरु त्यो घटनामा पर्नु भएको छ, त्यसैका लागि घटना स्थल जाँदै छु खहरेखोलामा भएको भयानक यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको सांसद राम हरी सुवेदीले जानकारी दिएको छन् । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस विर्ता देउराली ७ को खहरेखोलामा दुर्घटना भएको हो ।घटनाको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीसहितको सहितको टोली घटना स्थलमा पुगेको प्रमुख जिल्ला अधिकार पन्थीले बताए ।यो काभ्रेको जोखिम युक्त ठाउँ बताइन्छ । सामान्य मानिसहरुलाई यो बाटोमा हिँड्दा पनि डल लाग्ने सांसद सुवेदीको भनाइ छ । अन्य ३० भन्दा बढी घाइते भएका छन् । बा २ ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटना भएको बस सडकबाट २ सय मिटर तल झरेको बताइएको छ । प्रहरी घटना स्थलमा पुगेर उद्धारमा लागिसकेको छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...