मोरङको पथरीमा श्रीमानको कैँची प्रहारबाट श्रीमतीको मृत्यु:: पुरा पढ्नुहोस्
Advertisement
![]() |
भदौ-२, मोरङको पथरी शनिश्चरेमा श्रीमानको कैँची प्रहारबाट बुधबार एक महिलाको मृत्यु भएको छ ।पथरी शनिश्चरे–१० पिपलडाँडा बस्ने ४६ वर्षीय बिनोद परियारले मङ्गलबार सामान्य वादविवादमा ३७ वर्षीया श्रीमती कल्पना परियारलाई कपडा काट्ने कैँचीले टाउकोमा प्रहार गरेका थिए ।घाइते कल्पनाको स्थानीय अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । श्रीमतीको हत्या गर्ने श्रीमानलाई इप्रका, पथरीमा राखेर अनुसन्धान भइरहेको छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...