Advertisement
![]() |
काठमाडौं, माघ १२ - सफलताका लागि
लगातारको मिहेनत र प्रयास चाहिन्छ । मिहेनत र
प्रयाससँगै सफलताका लागि जीवनसाथीको पनि
उत्तिकै साथ र सहयोग आवश्यक हुन्छ । तर हरपल
आफ्ना खुसी छोडी जीवनसाथीको सफलताको
खम्बा बनेका भने ओझेलको पात्र झै छन् । के गर्दै छन्
त उनीहरु ?
दीपकराज गिरी/मेनका गिरी
सधैँ तीतोसत्यमा दीपाका श्रीमानका रुपमा
देखिने दीपकराज गिरीकी वास्तविक श्रीमती भने
मेनका हुन् । काठमाडौं दहचोक-२ थानकोटमा
जन्मिएका दीपकराज गिरी अहिले
सिनामंगलबासी भएका छन् । तीतोसत्य
टेलिश्रृंखलाको लोकप्रियताले उनलाई सफल
स्थापित गराइदियो । टेलिश्रृंखलाबाट पाएको
सफलताले गिरीको हौसला थप बढायो । उनी
अहिले चलचित्र निर्माणमा व्यस्त छन् । उनले ६
एकान ६ र वडा नम्बर ६ बनाइसकेका छन् । तर यिनै
दीपककी श्रीमती मेनकाको चर्चा भने कहीँ कतै
पाइँदैन । दुई छोरा र एक छोरीकी आमा मेनका
घरगृहस्थीमा व्यस्त छिन् । निकै सरल स्वभावकी
उनी सार्वजनिक कार्यक्रममा पनि त्यति देखिन्नन्
।
केदार घिमिरे/सीता घिमिरे
माग्ने बुढाका नामले चिनिने केदार घिमिरेकी
श्रीमती हुन् सीता घिमिरे । मेरी बास्सैैबाट निकै
चर्चा कमाएका उनलाई केदार घिमिरेभन्दा पनि
माग्ने बुढा भनेर धेरैले चिन्छन् । मकवानपुरमा
जन्मिएका घिमिरे अहिले ललितपुर इमाडोलमा
बस्छन् । तीतोसत्य, जिरे–खुर्सानीमा अभिनय
गरेपनि उनलाई मेरी बास्सैैले लोकप्रिय बनायो ।
केदार घिमिरेकी जीवनसाथी सीता घरगृहस्थीसँगै
बाइक र कार पनि उत्तिकै राम्रो चलाउँछिन । मेरी
बास्सै टेलिश्रृंखलामा उनीले माग्ने बुढाको जेठी
श्रीमतीका रुपमा पनि अभिनय गरेकी छिन् । यो
जोडीको पनि एक छोरा र एक छोरी छन् ।
मनोज गजुरेल/मीनु ढकाल गजुरेल
हाँस्यव्यंग्यकार मनोज गजुरेलको कलाले धेरैलाई
चकित तुल्याउँछ । ताप्लेजुङमा जन्मिएपनि उनी
भक्तपुरको बालकोटीबासी भइसकेका छन् । पूर्व
राजा ज्ञानेन्द्र शाह, योग गुरु रामदेव, भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदी, एमाले नेता माधवकुमार
नेपाललगायतको हाउभाउ र बोली दुरुस्तै नक्कल गर्ने
गजुरेलकी श्रीमती बुटिक चलाउँछिन् । गजुरेलकी
श्रीमती मीनु ढकाल गजुरेलको बागबजारमा बुटिक
छ । गृहस्थी र बुटिकलाइसँगै अगाडी बढाइरहेकी
मीनु कहिले काहीँ गजुरेलसँगै सार्वजनिक
कार्यक्रममा पुग्ने गरेकी छिन् । यो जोडीको एक
छोरा र एक छोरी छन् ।
सिताराम कट्टेल (धुर्मुस) /कुञ्जना घिमिरे (सुन्तली)
रिल र रियल लाइफका जोडी धुर्मुस र सुन्तली यी
दुईलाई नचिन्ने सायदै नहोलान् । भूकम्पपछि उनीहरु
कलाकारितामा मात्रै सिमित भएनन् सामाजिक
कार्यमा समेत लागे । काभ्रेमा भूकम्प पीडितका
लागि एकिकृत बस्ती निर्माण गरेपछि यो
जोडिको चर्चा सर्वत्र छ । सोलुखुम्बुमा जन्मिएका
धुर्मुस अहिले ललितपुरको धापाखेलका निवासी
भइसकेका छन् । हाँस्य क्षेत्रमा लागेर नै यो जोडीले
धापाखेलमा घर बनाएका हुन् ।
जितु नेपाल/मुना नेपाल
सिन्धुपाल्चोका जितु नेपाल (मुन्द्रे) की श्रीमती
सरकारी कर्मचारी हुन् । जागिरसँगै घरपरिवारको
हेरविचारमा व्यस्त मुना नेपाल कहिले काहीँ
विज्ञापनमा पनि देखिन्छिन् । एकछिनमा
रिसाउने एकैछिनमा खुसाउने यो जोडिको दुई
सन्तान छन् । हाँस्य क्षेत्रमा लागेर उनले
काठमाडौँको नरेफाटमा घर बनाएका छन् ।
दमन रुपाखेती/दमयन्ता गुरुङ
नेपाली हाँस्य क्षेत्रमा स्थापित दमन रुपाखेतीकी
श्रीमती गृहणी हुन् । सन्तान र घर व्यवहारमा व्यस्त
दमयन्ता श्रीमानको हर काममा सहयोग गर्छिन ।
काठमाडौं थानकोटका स्थानीय बासिन्दा
दमनले मेरी बास्सै, झ्याईंकुटी झ्याई,
हाकाहाकीलगायत धेरै टेलिश्रृंखलामा अभिनय
गरिसकेका छन् । दमयन्ता गुरुङ सार्वजनिक
कार्यक्रममा खासै उपस्थित हुनन् ।
किरण केसी/सीता केसी
काठमाडौंका स्थानीय बासिन्दा हुन किरण केसी
(राता मकै) । उनको ललितपुर इमाडोलमा घर छ ।
जिरे खुर्सानी बाहेक उनी मह सञ्चारले निर्माण
गरेका थुप्रै टेलिफिल्म र फिल्ममा देखिएका छन् ।
उनी अहिले सामाजिक काममा पनि सक्रिय छन् ।
उनको जीवनसंगीनी हुन् सीता केसी । आफ्नो
जीवनसंगीनीको दिर्घायुको कामना गर्दै किरण
केसी व्रत बस्ने गर्दछन् । सीता घरगृहस्थी सम्हालेर
बसेकी छिन् । उनीहरुको दुई छोरा र एक छोरी छन् ।
शिवहरी पौडेल/लक्ष्मी पौडेल
‘प्वाक्क मुखाँ हान्नु’ जस्तो थेगोबाट लोकप्रिय
बनेका शिवहरी पौडेल सरकारी कर्मचारी पनि हुन् ।
उनी नेपाल राष्ट्र बैंकमा काम गर्थे । उनको
जीवनसाथी हुन् लक्ष्मी पौडेल । यो जोडीको
काठमाडौंको नैकापमा घर छ । लक्ष्मी सरकारी
विद्यालयमा पढाउछिन् ।
राजाराम पौडेल/ईश्वरी पौडेल
काठमाडौंको नक्सालका राजाराम पौडेल पुराना
हाँस्यकलाकार हुन् । जिरे खुर्सानीसँगै चलचित्रमा
देखिने राजाराम पौडेलकी जीवनसाथी हुन् ईश्वरी
पौडेल । एकअर्कालाई मनपराएर यो जोडी
वैवाहिक सम्बन्धमा बाँधिएको हो । ईश्वरी वन
विभागको अवकाश प्राप्त कर्मचारी हुन् ।
उनीहरुको दुई छोरा छन् ।
सुरविर पण्डित/कान्छी मैँया पण्डित
मेरी बास्सैमा ‘दाह्रीबा’का रुपमा देखिने
कलाकार सुरविर पण्डित कलाकारितासँगै
खेतीपातीमा व्यस्त हुन्छन् । खेतीपातीको काममा
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...