Advertisement
![]() |
काठमाडौं, १२ माघ । सर्वोच्च अदालतले सम्पत्ति
शुद्धीकरण गर्न मतियार बनेको ठहर गरी काठमाडौं
बस्ने सरिता गिरीलाई २ करोड २६ लाख रुपैयाँ
जरिवान हुने ठहर गरेको छ ।
गिरीका पति निरञ्जन होजाई भन्ने भारतीय
नागरिकलाई भने सर्वोच्चले ८ करोड रुपैयाँ
जरिवाना गरी ४ वर्ष कैद गरेको छ । उनी निर्मल
राई नामले नेपाली नागरिकता लिई नेपालमा
बस्दै आएका थिए । नेपाल समाचार पत्र दैनिकले
समाचार छापेको छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश
जगदीश शर्मा पौडेलको संयुक्त इजलासले विशेष
अदालतले गरेको फैसलालाई सदर गरी ती दुईलाई
उक्त सजाय गरेको हो ।
भारतीय नागरिक होजाई नेपालमा बसी
हाउजिङ कम्पनी र गाडीको कारोबार गर्ने
कम्पनी खोलेको र सो बमोजिम उल्लेख्यरुपमा घर र
गाडीको कारोबार गरेको बताइएको छ । त्यस्तो
कारोबार गर्दागर्दै गिरी र होजाईको विवाह
भएको हो ।
भारतीय उग्रवादी संगठन ब्ल्याक विडो ग्रुप
आसामका सैन्य कमान्डरका रुपमा कार्यरत रहेको
बेला नेपाल प्रहरीले उनलाई पक्राउ गरी
भारतीय
प्रहरीको जिम्मा लगाएको थियो ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...