-->
अनौठो रेष्टुरेन्ट जहाँ श्रीमती वा गर्लफ्रेण्डसँगै बसेर खानपिन गर्न पाइँदैन ।
Advertisement

बेलाबेलामा गर्लफ्रेण्ड तथा श्रीमतीलाई
लगेर रेष्टुरेन्टमा खानपिन गर्ने रुटिन धेरै पुरुषहरुको हुन्छ ।
आखिर पैसा खर्च गरीगरी रेष्टुराँमा
गएपछि पार्टनरसँगै बसेर रमाइलो गर्न पाइएन भने के को
मज्जा ? तर पाकिस्तानमा भने एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ
श्रीमती वा गर्लफ्रेण्डसँगै बसेर
खानपिन गर्न पाइँदैन ।
पाकिस्तानको कराँचीस्थित म्याकडोनाल्ड रेष्टुरेन्टको
एक शाखामा यस्तो नियम छ । तपाइँ त्यहाँ गएर यदि
आफ्नी श्रीमतीसँगै
बस्नुभयो भने रेष्टुराँका कर्मचारीले तपाइँलाई
तत्कालै त्यहाँबाट हटाइदिन्छन् ।
उक्त रेष्टुराँका म्यानेजरका अनुसार यसरी पति
पत्नीले सँगै बसेर रेष्टुराँमा खाँदा त्यसले इस्लामिक
पारिवारिक मूल्यमा नकारात्मक असर पुग्दछ । उक्त रेष्टुराँमा
श्रीमतीसँग गएका एकजना मानिस नोमन
अन्सारीको हवाला दिँदै एक अनलाइनले बताए अनुसार
उनी श्रीमतीसँगै बसेर
श्रीमतीको काँधमा हात राख्ने बित्तिकै
रेष्टुराँका कर्मचारी आएर उनलाई तत्कालै त्यहाँबाट
उठेर अर्को कुर्सीमा बस्न अह्राएछन् ।
अन्सारी रेष्टुराँका म्यानेजरलाई म मेरो
श्रीमतीसँगै किन बस्न नपाउने ? भनेर
सोध्दा म्यानेजरले उक्त रेष्टुराँ पारिवारिक रेष्टुराँ भएको बताए ।
आफुहरु विवाहित भएको दाबी पेस गर्दापनि उनलाई
सँगै बस्ने अनुमति दिइएन । साँच्ची घरमा तथा अन्य
ठाउँमा गएर सँगै बसे भैगोनी रेष्टुराँमा अरु धेरै
मानिसको अगाडि किन टाँसिनुपर्यो ? भन्ने तर्क होला म्यानेजरको ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.